तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

मुख्य समाचार

पोखरा । १२ बैशाख २०८० 

तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपालीकांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्तगर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्तगर्नुभएको छ । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।

तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *