सुरु भयो प्रथम बागबजार चर्च कप
पोखरा, ६ बैशाख २०८० । पोखराका चर्चहरु भित्र रहेका फुटबल खेल प्रतिभालाई उजागर गर्ने तथा युवाहरुबीच एक आपसमा भाइचारा तथा एकतालाई अझै उजागर पार्ने उद्धेश्य सहित स्व.पाष्टर हरि बहादुर थापा र स्व.पाष्टर बसन्त थापाको सम्झनामा बाग बजार स्पोर्टस फेलोसिपको आयोजनामा पहिलो बागबजार चर्च कप ईन्टर चर्च 7 A साईड फुटबल प्रतियोगिता– २०८० को सुरुवात भएको छ ।
बैशाख ६ देखि ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १७ चर्च टिमले सहभागी भएका छन । खेलमा विजयी प्रथम समुहले नगद रु ६५ हजार, प्रमाणपत्र, मेडल ट्रफी प्राप्त गर्नेछ भने द्वितीय समुहले नगद रु ३५ हजार प्रमाणपत्र, मेडल ट्रफी प्राप्त गर्नेछ त्यसैगरी बेस्ट किपर, बेस्ट डिफेन्डर, हाई स्कोरर, प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट मिड फिल्डरले समेत पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगितालाई सफल पार्न जोसुवा तिवारीको परिवार (अमेरिका) र ईन्द्र गुरुङको परिवार (क्यानाडा) बाट मुख्य प्रयोजक र सह–प्रयोजक गरि सहयोग गर्नुभएको छ ।
बुधवार ५ खेल सम्पन्न
बुधवार सम्पन्न पहिलो खेलमा होसन्ना चर्चले पवित्र चर्चलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको छ भने, दोस्रो खेलमा बागमारा चर्चले रामघाट चर्चलाई २–१ गोलको अन्तरले, तेस्रो खेलमा मानाराथा चर्चले नयाँगाउँ चर्चलाई २–१ गोलको अन्तरले, चौथो खेलमा सालोम ए.जी चर्चले महान अनुग्रह चर्चलाई २–० ले र पाँचौँ खेलमा पोखरा दर्शन चर्चले रानीपौवा चर्चलाई १–० पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।
बैशाख ७ गते ४ खेल हुने छ जसमा पहिलो खेल मारानाथा चर्च र नेपाल ख्रीष्टिय तालचोक चर्च बीच विहान ९ बजे, दोस्रो खेल अल्फा ओमेगा चर्चसंग बागमारा चर्च खेल्नेछ । यसै गरि तेस्रो खेल नेपाल बथेष्टा चर्चसंग नेपाल ख्रीष्टिय पोखरा चर्च दिउसो १ बजे र अन्तिम चौथो खेल बागबजार “क” संग पोखरा दर्शन मण्डली दिउसो ३ बजे हुनेछ । प्रतियोगिता पोखरा पुरानो टुडिखेलको मैदानमा सञ्चान भइरहेको छ ।