आजदेखि एसईई शुरू

नेपाल मुख्य समाचार

यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईई आजदेखि शुरु भएको छ । परिक्षा बिहान ८ बजेदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्ष सामुदायिक र संस्थागत गरी १२ हजार ८३ ओटा विद्यालय गरी चार लाख ८५ हजार ३८६ जना विद्यार्थीले एसईई दिँदैछन । जस मध्य छात्रा दुई लाख ४२ हजार ७९२ र छात्र दुई लाख ४२ हजार ६७४ रहेको कायममुकायम परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

कुल परीक्षार्थीमध्ये प्राविधिक धार समेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी समेत परीक्षामा सहभागी भएका छन ।
परीक्षाका लागि दुई हजार ३७ परीक्षा केन्द्र तोकिएको श्रेष्ठले बताए । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७,९९२ जना जनशक्ति प्रत्यक्ष परीक्षा केन्द्रमा खटिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *