फुटबलका जादूगर पेले रहेनन्

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

साओ पाउलो– ब्राजिललाई तीन पटक विश्वकप फुटबलको उपाधि दिलाउने विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

अल्बर्ट आइन्स्टाइन अस्पतालले उनका सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेकाछन् ।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट पीडित थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरकोट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी केलीलेआफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् ।

चारपटक विश्वकप खेलेका पेलेले आफ्नो खेल जीवनमा विश्व कीर्तिमानी १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

पेले आफ्नो देशका लागि तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकपजितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्तगरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *