मेस्सीको उत्कृष्ट प्रर्दशनमा अर्जेन्टिनाले जित्नैपर्ने खेल जित्योः यस्तो छ अगाडी बढ्ने समिकरण

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार


एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा हिजो राति मेक्सिको विरुद्धको खेलमा अर्जेन्टिना २–० गोलको अन्तरले विजयी भयो । पहिलो हाफ निकै दवाबमा खेलेका दुवै टिम गोलरहित बराबरी भए । दोस्रो हाफको ६४औँ मिनेटमा मेस्सिले पहिलो गोल गरे । खेलमा मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि सहज रुपमा खेलेको अर्जेन्टिनाको गोललाई बेन्जो फर्नान्डेको गोलले ८७ औँ मिनेटमा दोब्बर गर्यो ।

त्यसअघि समूह सी मै आज भएको खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको थियो । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले एक गोल र एक असिस्टको योगदान दिएपछि पोल्यान्ड २–० ले विजयी भएको थियो ।

यस नतिजासँगै अर्जेन्टिना समूह सी मा ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा रहँदा साउदी अरेबिया ३ अंक जोड्दै तेस्रो छ । अर्जेन्टिना र साउदीको समान अंक भएपनि गोल अन्तरमा अर्जेन्टिना अघि छ ।

अर्जेन्टिनाले अब अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । मेक्सिको र साउदी अरेबियाको खेलको नतिजाले नकआउट पुग्ने र समूह स्थान निर्धारणमा प्रत्यक्ष असर पर्नेछ । यदि अर्जेन्टिना जितेर साउदी बराबरी वा हार बेहोरे अर्जेन्टिना समूह विजेता बन्नेछ । अर्जेन्टिना र साउदी दुवैले जित हासिल गरे गोल अन्तरले समूह विजेता र उपविजेता निर्णय हुनेछ ।
अर्जेन्टिना र पोल्यान्डको खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिना अघि बढ्न मेक्सिकोले जित वा बराबरी नतिजा निकाल्नुपर्नेछ । अर्जेन्टिना र पोल्यान्ड बराबरीमा रोकिएर साउदी र मेक्सिको पनि बराबरी भए अर्जेन्टिना गोल अन्तरमा अघि बढ्नेछ । त्यस्तै अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *