नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
अनुज कुलुङ
पोखरा, ४ जेठ २०७९ ।
नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन जेठ ४ गते बुधबार आरसी कम्प्लेक्स लामाचौर पोखरामा भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेशनले रेभ. पास्टर केपि त्रिपाठीअध्यक्ष सहित एल्डर प्रमोद मुल्मी उपाध्यक्ष, पास्टर प्रमोद शर्मा र कोसाध्यक्ष मा एल्डर प्रकाश भुजेल लाई सर्बसम्मत चयन गरेको छ । साथै सदस्यहरुमा गण्डकी प्रदेशमा आवद्द जिल्लाहरुको संयोजकलाई चयन गरिने जानकारी पनि सल्लाहकार भबिन्द्र रानाले गर्नुभयो । उक्त समिती सहित प्रार्थना समिती, जवान समिती र दिदी बहिनी को उपसमिती पनि प्रदेश समितिले चयन गर्ने जानकारी उहाँले गर्नुभयो ।
नया कार्यसमिती लाई पोख्रेली ख्रीस्टिय समुदाय का अध्यक्ष हरिराम घिमिरे, इशाई समुहका अग्रज ब्यक्तित्व समाजका सल्लाहकार बेदि सुबेदी, नेपाल ख्रीस्टिय समाज का केन्द्रीय महासचिब डिल्लिराम पौडेलले शुभकामना मन्तब्य दिनुभयो । सेवाकाई गर्ने मन भएकाहरुलाई आमन्त्रण गरेर प्रदेश समिती को ढाचा ठूलो बनाई काम गर्न अनुरोध पनि महासचिबले अनुरोध गर्नुभयो । फरक फरक सम्प्रदाय बिच एकताबद्द भएर अघि बढ्ने आवश्यकता अब बढेर गएको छ, त्यसको निम्ति सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिवद्दता सहित कार्यक्रम समापन औपचारिक रुपमा अध्यक्ष केपि त्रिपाठी ज्यू ले गर्नुभयो ।