लेखनाथ ख्रीष्टियान सोसाईटिको नयाँ कार्य समिति चयन

मुख्य समाचार सुसमाचार स्थानिय समाचार

पोखरा, वैशाख १३ । लेखनाथ ख्रीष्टियान सोसाईटिको नयाँ कार्य समिति चयन भएको छ । आगामी तीन वर्षका लागि बनेको यस समितिमा ओर्ड अफ गड चर्चका पाष्टर प्रमोद शर्मा अध्यक्ष, पा.मुकेश सुनार उपाध्यक्ष, पा. रञ्जित तामाङ सचिव, रेखा भण्डारी सह सचिव, पा. गणेश कुमाल कोषध्यक्ष मा चयन हुनुभयो । पोखरा लेखनाथ चर्चमा गठन गरिएको उक्त कमिटीमा सदस्यमा पा. केशब आचार्य, पा.चन्द्रमान श्रेष्ठ, पा. पावल माझी, अ. उषा दुलाल, पा.बुद्धिराम डांगी चयन हुनुभयो । साथै सल्लाहाकारमा पा. रामजी आचार्य, पा. बिल तामाङ र पा.मार्क राई रहनु भयो । कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष पा. रामजी आचार्यले बिगत लामो समय कोरोना को कारणले दुरि बढेको र अब उक्त दुरिलाई नयाँ समितिको निर्माणले घटाउने कुरा बताउनुभयो । लेखनाथ ख्रीष्टियान सोसाईटिमा हाल २४ वटा चर्चहरु रहेका छन । एकतामा रहेर प्रभुको राज्य बिस्तार गर्नु, एक अर्कालाई प्रभुको राज्यको निम्ति सुसज्जित गर्नु, उत्साहित गर्नु यसको उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *