पेट्रोल लिटरकै १ सय ६० रुपैयाँ, ग्यासको मूल्य १६००
बुधबार, चैत्र २३, २०७८ . नेपाल आयल निगमले मंगलबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यराति नै इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो । वृद्धि भएको नयाँ मूल्य सूचीअनुसार अब आम उपभोक्ताले पेट्रोलका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ रुपैयाँले बढाइएको छ ।
अब डिजल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पर्नेछ । निगमले चार महिनापछि खाना पकाउने ग्यासको पनि मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएर १६ सय रुपैयाँ पुर्याएको छ । नयाँ मूल्य गए राति १२ बजेदेखि नै लागू भएको छ ।