अमेरिकी डलरको मूल्य १२२ नाघ्यो

आर्थिक मुख्य समाचार

चैत्र ८ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको मूल्य बढ्दोक्रममा छन्।
राष्ट्र बैंकका अनुसार सोमबार एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको अमेरिकी डलरको मूल्य थोरै बढेको छ। मंगलबार अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६० रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *