६४ बालबालिकालाई राहत वितरण
पोखरा, २०७८
गण्डकी प्रदेश कास्की जिल्ला पोखरा उपमहानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले राहात, चामल, दाल, तेल, नुन, वितरण गरेको छ।
उक्त राहात वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका डायोसेसन सेक्रेटरी अति आदरणीय सशीधर चपाई,याजक ख्रिष्ट तामाङ, स्थानीय मण्डलीका याजक ऊर घले, फादर बुद्धिराम डाँगी, प्रमुख अतिथि श्री पुष्पराज सिग्देल वडा–८ का वडा सदस्य, श्री विष्णु सिग्देल भू.पू. अध्यक्ष गण्डकी प्रदेश अपाङ्ग महासंघ, होप फर चिल्ड्रेनका एच.आर.को–अर्डिनेटर श्री शिवराज घर्तीमगर, को उपस्थिति रहेको थियो । कार्यक्रममा डायोसेसन सेक्रेटरी शसीधर चपाईंले कोभिड–१९को विसम परिस्थितिमा आवश्यकतामा परेकालाई बालबालिकाहरूलाई प्रेमस्वरूप राहत वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।
त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ८ का सदस्य श्री पुष्पराज सिग्देलज्यूले बिलिभर्स इस्टर्न चर्च नेपाल अन्तरगत होप फर द चिल्ड्रेनले अति आवश्यकतामा परेका बालबालिकाहरूलाई गर्दै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा यस्ता बालबालिकाहरूको पहिचान गरि स्थानीय सरकारको तर्फबाट पनि आवश्यकता अनुरूप सहयोग गर्नसक्ने समेत वचन दिनुभयो। एचएफसीमा अध्ययनरत बालबालिकाको अभिभावकको तर्फबाट श्रीमती अन्जना गुरुङले होप फर चिल्ड्रेनले बालबालिकाको बिचमा दिँदै आएको शिक्षा तथा राहात वितरण कार्यप्रति आभार प्रकट गर्नुभयो । त्यसैगरी कार्यक्रमको अन्त्यमा सोही सेन्टरबाट लाभान्वित बालबालिकामध्ये ४ जना सो सेन्टरबाट दिक्षित हुनुभएकोमा बधाइस्वरूप उनीहरूको भावि शैक्षिक सफलताको कामनासाथ आवश्यक शैक्षिक सामग्रीबाट होप फर द चिल्ड्रेनका भू.पू. संयोजक रेभ फादर बुद्धिराम डाँगीको बाहूलीबाट सम्मानित गरियो।