पोखरेली ख्रीष्टिय समुदायद्वारा मनाङमा राहत वितरण
पोखरा, आसार २१ गते । पोखरामा रहेका चर्चहरुको समुदाय पोखरेली ख्रीष्टिय समुदायको सामाजिक कार्य गर्ने संस्थाअसल छिमेकी नेपाल, साथै आई एन एफ नेपालपोखरेली ख्रीष्टिय समुदाय, एन सि एस गण्डकी प्रदेश, एन सि एफ गण्डकी प्रदेशको सामुहिक पहलमा “विपद प्रतिकार्य सामुहिक पहल” भनी अभियानका साथ मनाङमा राहत वितरण गरिएको छ । अविरल बर्षाको कारण मनाङ जिल्लाको विभिन्न स्थानमा बाढी पहिरोको प्रभावको कारण खाद्यन्न अभावमा भएका करिव २०० परिवार मध्ये नासो गाउपालिका वडा नं १ ताल नजिक रहेका ६५ घर परिवारलाई हेलीकप्टरको माध्यमबाट ४ पटक सम्म ढुवानी गरी प्रथम चरणको राहत वितरण कार्य सम्पन्न गरिएको हो । बाढी पहिरो प्रभावित प्रत्येक परिवारलाई लगभग २३ सय बराबरको समाग्रीहरुमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरिएको छ । साथै आगामी दिनमा उक्त क्षेत्रमा पुन योजनाबद्ध रुपमा राहतका अन्य कार्य गर्ने कुराको पनि जानकारी प्राप्त भयो ।