WAHM नेपालको पहिलो वार्षिक उत्सव
आराधनाद्वारा छुटकारा साथै युवाहरुलाई केन्द्रित गरि ख्रीष्टको निम्ति असल र विश्वासयोग्य योद्धा तयार पार्ने भन्ने दर्शन साथ सुरु भएको WAHM ( Worship Along Healing Ministry) नेपाल सेवकाईको पहिलो वार्षिक उत्सव २०७५ असार १४ गते चाउथे चर्च, पोखरामा सम्पन्न भएको छ । विशेष गरेर जब परमेश्वरको काम मानिसहरुले देख्न थाल्छन् तब मानिसहरुले परमेश्वरको महिमा गर्न थाल्छन, यहि श्लोकलाई मध्य नजर गर्दै नेपालको विभिन्न क्षेत्रहरुमा गएर सेवकाई गर्दै आईरहेको छ । WAHM नेपालले विशेष गरेर उपवास के हो ? र यसको महत्वको विषयलाई जोड दिँदै सम्मेलनहरुमा सम्पूर्ण टिमनै उपवास वसेर उदाहरण सहित प्रस्तुत हुने, विभिन्न रोग, बन्धन तथा समस्याहरुको लागि छुटकाराको प्रार्थना, वरदान साथै अभिषेकको प्रार्थना, आराधना सम्मेलनहरु गर्दै आएको छ । प्रभु येशू ख्रीष्ट जब स्वर्गारोहण हुने समय भयो, त्यस समयमा आफ्ना सम्पूर्ण चेलाहरु तथा अनुयायीहरुलाई सु–समाचार प्रचार गर्ने आज्ञा दिनुभयो र ज–जसले सु–समाचारमा विश्वास गर्छन उनीहरुको साथमा यी चिन्हहरु हुनेछन् रोग बिमारीहरुलाई निको पार्ने, कुनै विषालुकुरा पिए तापनि केही हानी नहुने, नयाँ भाषामा बोल्नेछन् यी नै शब्दहरुमा केन्द्रित रहि मर्कुस १६ः१५–२० बाट पाष्टर अमृत पुन (WAHM-Director) बोल्नुभएको थियो । यी नै चिन्हरु उक्त सेवकाईले चलाउदै आइरहेको जानकारी गराउनुभयो । उहाँले यस सेवकाई सुरु कसरी हुन गयो, सेवकाईको दर्शन साथै सेवकाई गर्ने दौरानमा पार गर्नुपरेको संघर्ष, आईपरेको कष्टहरुलाई पनि सम्पूर्ण माझ स्पष्ट पार्नु भएको थियो ।
WAHM नेपाल अहिलेसम्म कुन–कुन क्षेत्रहरुमा गई सेवकाई गर्न सफल भएको, त्यहाँभएका घटनाहरु (चंगाई, छुटकारा, गवाहीहरु) भिडियो मार्फत देखाईएको थियो र सेवकाईमा उपस्थिति हुनुभएका पाष्टरहरुद्वारा त्यहाँ भएका घटनाहरुको विषयमा अझै स्पष्ट पार्नभएको थियो । विभिन्न जिल्लाहरुबाट उपस्थित पाष्टरहरु, मण्डलीहरु, संगतिहरु, संघ–संस्थाहरुलाई र मिडियाले गरेको सहयोग, उत्साह र हौसलाको लागि मायाको चिनो प्रदान गरिएको थियो । अन्तिमा सबैजना एकसाथमा सेवकाईको लागि प्रार्थना गरि एक वर्षको पार गरेको उपलक्ष्मा स्थानिय चर्चका पाष्टर काजी गुरुङ्गद्वारा केक काटिएको थियो । नृत्य, गित साथै विभिन्न हास्य कार्यक्रमहरु रहेका थियो, आराधनामा अगुवाई अगुवा भुवन पुनले गर्नुभएको थियो । सुरुको प्रार्थना पाष्टर श्याम गुरुङ्ग, नविन चर्चद्वारा भएको थियो भने पाष्टर बि.बि गुरुङ्गको अन्तिम प्रार्थनाद्वारा सम्पूर्ण कार्यक्रम सम्पन्न भएको थियो ।