फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा

अन्तराष्ट्रीय खबर मुख्य समाचार स्वास्थ्य

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोको एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् । लकडाउनमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने उनले बताए । उनले कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरेका छन् ।
मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ४१ हजार ९०७ जना संक्रमित भएका छन् भने ३०३ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *