मेस्सीको बहिर्गमनसँगै एमबापेको ‘उदय’

खेलकुद मुख्य समाचार

विश्वको अब्बल र मुटुको धड्कन नै रोकिदिने खालको एउटा रोमाञ्चक खेलपछि जब लियोनेल मेसीले किलियान एमबापेलाई अङ्कमाल गरे त्यो अविस्मरणीय क्षणले एकजना खेलाडीबाट अर्को खेलाडीमा महानता स्थानान्तरण भइरहेको संकेत दिएको थियो । कजान एरिनामा अर्जेन्टिना र फ्रान्सबीचको उक्त खेल हेरेका सबैजना तरङ्गित हुँदै रंगशालाबाट बाहिरिएका थिए ।
उनीहरूलाई थाहा थियो कि वर्षौँसम्म सम्झना भइरहने एउटा नकआउट चरणको विशेष खेल हेर्ने अवसर उनीहरूले पाएका थिए । र, एकजना खेलाडीले त्यस समयमा सबैको ध्यान आफूतिर तानेका थिए तिनी हुुन एमबापे । एमबापे १९ वर्षका मात्रै छन् । तर उनले दुई गोल गरे ।
त्यति मात्रै होइन मैदानको आफ्नो भागतिरबाट विपक्षीतर्फ दौडेका उनले बल अघि बढाइरहँदा फ्रान्सले पेनाल्टीको अवसर पाएर अर्जेन्टिनाविरुद्ध पहिलो गोल ग¥यो । उनको उत्कृष्ट प्रदर्शनकै कारण फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उक्त खेलमा फ्रान्सले मन्त्रमुग्ध पार्ने खेल देखाएको थियो जसले रुस विश्वकपको फाइनलसम्म पुग्नसक्ने उसको वास्तविक सम्भावनालाई उजागर समेत गरिदिएको छ । दोस्रो पटक विश्वकपको उपाधि जित्ने सुरमा यसपटक फ्रान्स रहेको छ ।

सन् १९९८ मा घरेलु मैदानमा पहिलो पटक फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा एमबापे जन्मिएका पनि थिएनन् । त्यो विश्वकप अन्तर्गत ३० जुन १९९८ मा इङ्ग्याल्याण्डका स्ट्राइकर माइकल ओवेनले अर्जेन्टिनाको रक्षापङ्क्ति छलाउँदै एउटा उत्कृष्ट गोल गरेका थिए । काजनमा ठ्याक्कै २० वर्षपछि एमबापेले ओवेनकै शैलीमा आक्रामक खेल देखाए । सन् १९९८ को डिसेम्बर २० मा जन्मिएका एमबापे अहिले प्राविधिक रुपमा मोनाकोबाट सापटमा आएर पेरिस सेन्ट जर्मनबाट खेलिरहेका छन् ।
फ्रेन्च फुटबल च्याम्पियन उक्त क्लबमा उनी १८० मिलियन युरोमा आबद्ध हुन लागेका छन् । त्यो रकम अहिलेसम्म कुनै पनि फुटबल खेलाडीले पाएको दोस्रो बढी मूल्य हो । पीएसजीले ब्राजिलका अग्रपङ्क्तिका खेलाडी नेमारलाई सन् २०१७ मा २०० मिलियन युरो तिरेर अनुबन्धित गरेको थियो । एमबापेसँग तीव्र गतिमा दौड्ने क्षमता मात्रै होइन् । उत्कृष्ट कौशल, चाँडै सोच्न सक्ने क्षमता, दुईवटा चतुर पैतालाहरू, एउटा ठन्डा दिमाग, बहादुरी, विश्वास र गोल देख्न सक्ने सिपालु नजर छन् ।
उनको दुई गोल एकदमै आक्रामक र शक्तिशाली थिए । इङ्ग्ल्याणका पूर्वकप्तान एलान सिएरर भन्छन । “मैदानको बीचबाट अगाडि खेल्ने खेलाडीको त्यो अभूतपूर्व प्रदर्शन रहेको थियो। गति, गोल, निशाना र प्रविधि सबैमा उनी अब्बल देखिए ।”
“१९ वर्षको उमेरमा, लाखौँ मानिसले हेरिरहेको खेल र त्यसमा पनि मेस्सी जस्ता विपक्षीविरुद्ध त्यस्तो खेल देखाउनसक्नु साँच्चै नै अभूतपूर्व हो” । एमबापे प्यारिसको बाहिरी क्षेत्रमा जन्मिएका हुन् र उनले अन्तर्राष्ट्रिय फुटबलमा अघिल्लो वर्षमात्रै मौका पाएका हुन् ।
सन् २०१६–२०१७ मा मोनाकोबाट क्लब खेल शुरू गरेयता उनले निरन्तर सफलता चुमिरहेका छन् ।उनले ४४ खेलमा २६ गोल गरेका छन् र उक्त क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पु¥याउन र लिग वान जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । फ्रान्सविरूद्धको खेलमा आर्जेन्टिनाले लय समाउन लागिरहँदा उनले गरेका दुई गोलले त्यसलाई रोकिदिएको थियो र त्यहीँ बेला विश्वसामु उनको तीक्ष्ण क्षमता उजागर भएको थियो।
सन् १९५८ मा विश्व फुटबलका महान् खेलाडी ब्राजिलका पेलेले १७ वर्षको उमेरमा स्वीडनविरुद्धको फाइनल खेलमा दुई गोल गरेका थिए ।
त्यसयता कुनै पनि किशोर खेलाडीले विश्वकपको एउटा खेलमा दुई गोल गरेका छैनन् । “मलाई औधी खुशी लागेको छ। तर पेले जस्ता महान खेलाडीसँग मेरो तुलना हुनु चाहिनेभन्दा बढी प्रंशसा हो, उनी अलग्गै समूहका खेलाडी हुन् । तर पनि त्यस्तो उपलब्धि हासिल भएका खेलाडीसँग जोडिन पाउनु गर्वको कुरा हो,“ एमबापेले फ्रान्सको विजयपछि प्रतिक्रिया दिँदै भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *