पोखरा ख्रीष्टियान विश्रामस्थलको अध्यक्षमा मित्र राई
पोखरा, फाल्गुन २३ गते । पोखरा ख्रीष्टियान विश्राम स्थलको सातौँ साधारण सभा तथा चौथो अधिवेशनमा मित्र राई विश्रामस्थलको अध्यक्षको रुपमा निर्वाचित हुनुभएको छ ।
चुनाव आयुक्त ग्रीष्म केशब पराजुली र सहयोगी आयुक्त मुक्ती ढकालको प्रस्ताव तथा साधारण सभा / अधिवेशनमा उपस्थित भेलाको सर्वसम्मतले पुरानै समितिलाई पुनः २ वर्षको लागि जिम्मेवारी सुम्पेको हो । नौ सदस्यीय कार्यकारणी समितिमा अध्यक्ष मित्र राई, उपाध्यक्ष प्रकाश श्रेष्ठ, सचिव प्रकाश घर्ती (भुजेल), सह सचिव बेन्सन लामा, कोषाध्यक्ष तिल बहादुर गिरी, सदस्य राम कुमार श्रेष्ठ, सदस्य टेक बहादुर गुरुङ, सदस्य राम बहादुर गुरुङ, सदस्य प्रेम जलारी रहनुभएको छ ।
ख्रीष्टियान विश्रामस्थल पोखरा-२७ रिठ्ठेपानीमा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रकाश श्रेष्ठले सबैलाई स्वागत गरेपश्चात कार्यक्रमका प्रमुख अतिथि तथा पोखरेली ख्रीष्टियान समुदायका अध्यक्ष हरिराम घिमिरेले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । समुदायका अध्यक्ष घिमिरेले वचनबाट बोल्दै विश्रामस्थल विशेष ठाउँ हो जहाँ सबैजना समान हुन्छन तसर्थ सबैजना एकतामा एउटै मनको भएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा विश्रामस्थलका सचिव प्रकाश भुजेलले आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन साथै योजनाहरु प्रस्तुत गर्दै विश्राम स्थलका विभिन्न चुनौतीहरुलाई प्रस्तुत गर्नुभयो त्यसैगरी कोषाध्यक्ष तिलक गिरीले आर्थिक वर्ष २०७६/२०७७को आर्थिक प्रतिवेदन र २०७७/२०७८ को बजेट प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारीले मन्तव्य राख्दै पोखराका अग्रज ख्रीष्टियान अगुवाहरुको पहल तथा विश्वासीहरुको प्रार्थनाले हासिल गरिएको उक्त ठाउँको जग्गालाई सहि सदुपयोग गर्नुपर्ने साथै आयआर्जनको स्रोतको रुपमा उपयोग गर्न सकिने कुरामा जोड दिनुभयो ।
नवनियुक्त अध्यक्ष मित्र राईले आगामी दिनमा विश्रामस्थलको जग्गलाई विकास र संरक्षण गर्ने, नदीको कटानबाट जोगाउन विभिन्न प्रयासहरु गर्ने साथै व्यक्तिगत नाममा रहेको जग्गालाई संस्थागत गर्नेकाममा लागिपर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
नवनिर्वाचित अध्यक्षसँग गरिएको कुराकानी हेर्न तलको लिंकमा थिच्नुहोस