आइपिएलः किङ्ग्स इलेवन पञ्जाबको नाम परिवर्तन
एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० को फ्रेन्चाइजी किङ्ग्स इलेवन पञ्जाबले आगामी सिजनमा आफ्नो नाम बदल्दै १४ औँ सिजनबाट ‘पञ्जाब किङ्ग्स’ राख्ने घोषणा गरेको छ । यसका लागि टोलीले बीसीसीआई र आईपीएलको नियामक निकायसँग अनुमति पनि लिइसकेको छ ।
यद्यपि, नाम बदल्नु पर्ने कारणबारे पञ्जाबबाट कसैले आधिकारिक बायन दिएका छैनन् । मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीले १८ फेब्रुअरीबाट अक्सन शुरु हुनुभन्दा अघि नै टीमलाई रिलञ्च गर्ने सोचिरहेको छ । अक्सनमा पनि टोली पञ्जाब किङ्ग्सको नामबाट नै जानेछ । प्रतियोगिताको नयाँ सिजन अप्रिलको दोस्रो हप्तादेखि हुनेछ । यसका लागि १८ फेब्रुअरीबाट अक्सन शुरु हुनेछ ।
मोहित बर्मन, नेस वाडिया, प्रिटी जिन्टा र करन पलको पञ्जाब पछिल्लो केही वर्षदेखि कमजोर प्रदर्शन गर्ने टोली रहँदै आएको छ । पछिल्लो १३ वर्षमा टोलीले एकपटक उपविजेता र एक पटक तेस्रो बनेको थियो ।
पछिल्लो सिजन टोली छैटौँ स्थानमा रहेको थियो । पछिल्लो सिजन केएल राहुलले पहिलोपटक टोलीको कप्तानी सम्हालेका थिए भने अनिल कुम्बले टोलीको प्रशिक्षक रहेका थिए । यसपटक पनि दुई जनाले नै टोलीको नेतृत्व गर्नेछन् ।