आहा क्या सुन्दर झार्लाङ (भिडियो सहित)

नेपाल मुख्य समाचार

गणेश हिमालको काखमा रहेको खनियाबास साविक झार्लाङ गाउँ प्राकृतिक रुपले अति नै धनि छ । लगभग १५०० देखि २००० जनसंख्या रहेको यो गाउँमा तामा र दलित समुदायको जनघनत्व रहेको छ । इसाई धर्मावलम्बीको बाहुल्यता रहेको यो गाउँमा मानिसहरु निकै मिहनेती रहेका छन । यहाँका मानिसहरु जिविको पार्जनका लागि कृषिमा निर्भर छन । स्थानिय सरकार आएपछि यो गाउँमा शिक्षा क्षेत्रमा सुधार आएको छ । साथै टोलटोलमा बाटो र अन्य बिकास निर्माणका कार्यहरु भइरहेको छ । ऐतिहासिक रुपमा यहाँ २०११ सालको पहिरोको निशानी र राम शाहको पालामा बनेको फलाम तकरले यहाँको महत्व झल्काउँछ । यो ठाउँमा पुगेपछि नरमाउने मानिस बिरलै होलान । स्थानिय सरकारका अनुसार यो ठाउँलाई भविष्यमा कृषिलाई आधुनिकता तर्फ अग्रसर गराई पर्यटनको क्षेत्रको रुपमा बिकास गर्ने योजना रहेको छ ।

CLick the Link for Video

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *