कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य

नेपाल मुख्य समाचार

काठमाडौँ, माघ २७ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो।यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक पद खाली थियो।
लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेको भन्दै पुनः घिसिङलाई नै नियुक्ति गर्नुपर्ने भन्दै नागरिकले आवाज उठाइरहेका थिए। अन्ततोगत्वा सरकारले सोमबार शाक्यलाई कार्यकारी निर्देशक बनाएको हो।
प्रतिनिधि सभा विघटन भएपछि ऊर्जामन्त्रीबाट राजीनामा दिएका नेकपा नेता वर्षमान पुनले पनि जनताको आवाजअनुसार घिसिङको पुनर्नियुक्तिका लागि आफूले मन्त्रिपरिषद् तथा सीधै प्रस्ताव लाँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाउने गरेका छन्। कार्यकाल पूरा भएपछि गत भदौ २८ गते घिसिङ बारिएपछि लेखनाथ कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो भने गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हितेन्द्रदेव शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *