फ्रान्समा पुनः लकडाउन
एजेन्सी । फ्रान्समा आजदेखि लागु हुने गरी पुन देशव्यापी लकडाउन गरिएको छ । फ्रान्सेली प्रधानमन्त्री जेन क्यास्ट्रेक्सले देशव्यापी लकडाउनको घोषणा गर्दै रातको समयमा कर्फ्यूलाई थप कडा बनाइने जानकारी दिए ।
लकडाउनपश्चात् अब युरोपेली संघ इयू बाहिरका नागरिक फ्रान्स प्रवेश गर्न पाउने छैनन् । यद्यपी अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, सिंगापुर, थाइल्याण्ड र रुवाण्डाका लागि भने यो नियम लागु नहुने बताइएको छ । इयूभित्रका नागरिकका लागि समेत यात्रापूर्व परीक्षणको कडा नियम तयार पारिएको बीबीसीले जनाएको छ ।
यो नियमसँगै फ्रान्स आवागमनमा प्रतिबन्ध नलागेका देशका नागरिकले अनिवार्य कोरोना नेगेटिभ भएको पीसीआर टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ ।