२५ वर्षअघि मृत्यु भइसकेका गायकको स्वरमा अहिले नयाँ गीत रेकर्ड

मनाेरञ्जन मुख्य समाचार विज्ञान तथा प्रविधि

एजेन्सी, माघ १३ गते । दक्षिण कोरियाले आर्टिफिशियस इन्टेलिजेन्सको प्रयोग गरेर २५ वर्षअघि मृत्यु भइसकेका चर्चित गायकको आवाज सृजना गरेको छ । अब उसले यो प्रविधि प्रयोग गरेर ती गायकको स्वरमा नयाँ गीत पनि रिलिज गर्दैछ । अब गायकको मृत्यु भएको कैयौं वर्षपछि मानिसहरुले उनको आवाजमा नयाँ गीत सुन्न पाउनेछन् । तर, यो प्रयोगमाथि कैयौं नैतिक प्रश्न पनि उठेका छन् ।
दक्षिण कोरियाली गायक किम क्वांग सिओक कुनै समय देशका सुपरस्टार थिए । १९९६ मा उनको मृत्यु भएको थियो । अब करिब २५ वर्षपछि फ्यानहरुले दक्षिण कोरियाको राष्ट्रिय टेलिभिजनमा सिओकको आवाजमा नयाँ गीत सुन्न पाउनेछन् । सीएनएनको रिपोर्टअनुसार दक्षिण कोरियाको राष्ट्रिय प्रसारक एसबीएसले शताब्दीको प्रतियोगिताः मानव भर्सेज आर्टिफिसियल इन्टेलिजेन्स’ नामको एक कार्यक्रम तयार गरेको छ । यो कार्यक्रममा दिवंगत गायकको नयाँगीत प्रसारण गरिनेछ । यसअघि पनि एमनेट नामको च्यानलले मृत गायक शिन हाइ चुलको गीत आर्दिफिसियल इन्टेलिजेन्समार्फत पेश गरेको थियो । शिनको २०१४ मा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *