माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

मुख्य समाचार स्वास्थ्य

काठमाडौं, माघ ११ गते । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते अर्थात् बुधबारबाट सुरु हुने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्नेहरुलाई खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका हुन् । यो अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मन्त्री त्रिपाठीको भनाई छ ।

माघ १४ गते बुधबार बिहान १० बजेबाट खोप अभियान सुरु हुने बताइएको छ । राजनीतिक वा कुनै पनि व्यवस्थापकीय समस्या भएको खण्डामा त्यस अगाडि नै समाधान गर्न पनि मन्त्री त्रिपाठीले आग्रह गरेका छन् । भारतले केही दिन अगाडि नेपाललाई अनुदान स्वरुप कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ १० लाखडोज उपलब्ध गराएको थियो । सो खोप प्रदेशहरुमा समेत पठाइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *