चीनको वुहान पुग्यो डब्ल्यूएचओको टिम

अन्तराष्ट्रीय खबर मुख्य समाचार स्वास्थ्य

एजेन्सी, माघ १ गते । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो ।
१० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण भेटिएको थियो । बिहीबार यो टिम वुहान पुग्दा त्यहाँको जनजीवन लगभग सामान्य भएको पायो तर उत्तरी चीनमा कोरोनाको नयाँ सङ्क्रमण देखिन थालेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको टिमले जाँच सुरु गर्नुअघि पहिलो दुई हप्तासम्म क्वरेण्टीनमा रहनेछ । यो टिमले जाँचको क्रममा चिनियाँ अधिकारीहरूले दिएको नमुना र प्रमाणको प्रयोग गर्नेछ । यो टिमले कुन जनावरबाट कोरोना सुरु भएको हो, यसको जाँच पनि गर्नेछ । विश्व स्वास्थ्य सङ्गठनमा विश्वव्यापी सङ्क्रमण र प्रतिक्रिया इकाइका प्रमुख प्रोफेसर डेल फिशरले बीबीसीसँग भने, ‘विश्वलाई यसलाई एक वैज्ञानिक यात्राको रुपमा लिने विश्वास छ ।’
उनले भने, ‘यस राजनीतिक र आरोप–प्रत्यारोपको विषय होइन बरु यो एक वैज्ञानिक प्रश्नका अनुसार जाने कोसिस हो ।’
प्रोफेसर पिशरका अनुसार धेरै वैज्ञानिक यो भाइरस ‘प्राकृतिक रूप’ मा आएको मान्छन् । सुरुमा कोभिड–१९ वुहानको सुरुवात वुहानको मासु बजारबाट फैलिएको मानिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *