क्रोएसियाको अर्जेन्टिनामाथी शानदार जीत

खेलकुद मुख्य समाचार समाचार

विश्वकप फुटबलको बिहीवार राति सम्पन्न खेलमा क्रोएसियाले आर्जेन्टिनालाई स्तब्ध बनाएको छ । बार्सिलोनाका स्टार खेलाडी लिओनेल मेस्सीको टोली ०–३ गोलले पराजित भएको हो । शानदार जितसँगै क्रोएसियाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । लज्जास्पद हारसँगै अर्को चरणमा प्रवेश गर्ने अर्जेन्टिनाको सम्भावना अब उसको नियन्त्रणभन्दा बाहिर गएको छ ।
अन्तराष्ष्ट्रिय खेलमा आफ्नो पीडा र निराशाको पछिल्लो इतिहासमा मेस्सीका लागि यो अर्को पीडादायी अध्याय बनेको छ । खेल शुरू हुनुअघि राष्ट्रगान बजाइँदा क्यामेराहरू मेस्सीका अनुहारमा केन्द्रित भएका थिए ।
निधारलाई मुसार्दा आँखा बन्द हुन पुगेका मेस्सी यस्तो देखिएका थिए मानौँ एक व्यक्तिले एउटा देशका अपेक्षाहरू बोकेको होओस् । सन् १९५८ मा चेकोस्लाभियासँग १(६ ले पराजित भएयता पहिलो चरणमै आर्जे्न्टिनाले यस्तो ठूलो पराजय बेहोरेको हो ।
त्यसैगरी गएराति सम्पन्न अर्को खेलमा फ्रान्सले ०–१ गोलले पेरुलाई हराएको छ । जितसँगै फ्रान्स अन्तिम १६ मा पुगेको छ । “नक आउट” चरणमा प्रवेशका लागि फ्रान्सले अहिलेसम्म खेलेका आठ खेलमध्ये दुईवटामा मात्रै पराजय बेहोरेको छ । सन् २००२ र २०१० मा फ्रान्सेली टोली ’नक आउट’ चरणमा प्रवेश गर्न विफल भएको थियो । गएराति अष्ट्रेलिया र डेनमार्कबीचको खेल चाहिँ एक–एक गोलको बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *