बि.ओ.एचद्वारा रक्तदान कार्यक्रम

नेपाल समाचार स्वास्थ्य


गणेश प्रधान, पोेखरा
बि.ओ एचको प्रांगणमा रक्तदान जीवनदान अर्थात रक्तदानले जीवन बचाउँछ भन्ने मुुख्य उद्धेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रमलाई पश्चिमाञ्चल क्षेत्रिय रक्तसंचार कार्यालयले सहजिकरण गरेको थियो कार्यालयका प्रमुुख धुुब्र लामिछानेले रेडक्रस सोसाइटीको तर्फबाट रक्तदानको महत्वको विषयमा बोल्नुुभएको थियो साथै शशी चपाईले रेडक्रसको उत्पत्ति र यसको योगदानको विषयमा बोल्नुुभएको थियो । मन्तव्यको क्रममा राजनितिकर्मी कुुल बहादुुर भुुजेलले पनि रक्तदान किन आवश्यक छ भन्ने कुुरालाई स्पष्ट पार्नुुभया साथै समाजमा यस्तो कार्य प्रशंसनिय रहेको पनि बताउनुुभयो ।

कार्यक्रममा बि.ओ एचका बालबालिकाहरु, सिलाईकटाईका बिद्यार्थीहरु, विश्वासीहरु साथै स्थानिय व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा तीसभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेतापनि जम्मा १५ युुनिट मात्र रगत संकलन भएको छ । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । वर्तमान समयमा रेडक्रस सोसाईटीको सुुचना अनुुसार ब्लड बैंकमा रगतको कमि भएको बेला बि.ओ एचद्वारा गरिएको यो कार्य प्रशंसनिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *