म्यान्चेस्टर युनाइटेडले रच्यो नयाँ इतिहास
एजेन्सी । वेस्ट ह्यामविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३–१ को उत्कृष्ट पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेडले नयाँ कीर्तिमान बनाउन सफल भएको छ । प्रिमियर लिगको इतिहासमा कुनै पनि टोलीले गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेड जति अंक बटुल्न सकेको छैन ।
युनाइटेडले हालसम्म खेलमा पछि परेको अवस्था उल्टाउँदै सर्वाधिक ३८५ अंक बटुल्न सफल भएको छ । ३८३ अंकसहित दोस्रो स्थानमा टोटनह्याम हटस्पर्स दोस्रो स्थानमा रहेको छ भने आर्सनल ३५६ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुल र चेल्सी क्रमशः चौथो र पाँचौ स्थानमा छ । खेलमा टोमास साउसेकले खेलको ३८ औँ मिनेटमा ह्यामर्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पाउल पोग्बा, मेसन ग्रिनवुड र मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३–१ को जीत दिलाए ।
युनाइटेडले यो सिजन लिगमा घरेलु मैदानबाहिर खेलिएका सबै ५ खेल जितेको छ भने हारको अवस्थामा रहेर पनि १५ अंक बटुल्न सफल भएको छ ।जीतसँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ ।