सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सको पहल सराहनीयः प्रम ओली

नेपाल मुख्य समाचार स्वास्थ्य

काठमाडौं मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गर्नु भएको छ ।
‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन लाई भचुयल माध्यमबाट गर्नुभएको सम्बोधनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन भन्दै अगाडि भन्नुभएको छ, सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।

यस्तै, उहाँले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ। संयुक्त राष्ट्रसंघको विशेष महासभामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी पनि गराउनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *