जापान विश्वकपमा दक्षिण अमेरिकी टोलीलाई हराउने पहिलो एसियाली देश बन्यो

अन्तराष्ट्रीय खबर खेलकुद फोटो मुख्य समाचार समाचार

असार ६, २०७५
विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा कोलम्बियालाई जापानले २–१ ले हराएको छ । यसका साथै विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ ।
विश्वकपका विभिन्न संस्करणमा एसियाली देशहरुको दक्षिण अमेरिकी देशसँग १७ पटक भेट भएको छ । तर यसअघि कुनै पनि एसियाली टिमले दक्षिण अमेरिकी राष्ट्रलाई हराउन सकेको थिएन । यति मात्र होइन, जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदला समेत लिएको छ । अघिल्लो संस्करणमा जापान ४–१ ले पराजित भएको थियो ।
जापानविरुद्धको खेलमा जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि जापानले पेनाल्टी पाएको थियो ।
म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाए ।
डिबक्सभित्र हातले बल रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिए ।सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् ।
स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सीमित भएपछि अझ दबाबमा थियो । तर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले जापानमाथि निरन्तर दबाब बनाइराख्यो । खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो । जुवान क्विन्टेरोले फ्रिकिकमार्फत गोल गर्दै १–१ को बराबरी गरे ।
खेलको ५९ औँ मिनेटमा कोलम्बियाले क्विन्टेरोको स्थानमा रोड्रिग्वेजलाई मैदानमा प्रवेश गरायो । तर खेलको ७३ औँ मिनेटमा जापानका लागि युया ओसाकोले केइसुके होन्डाले प्रहार गरेको कर्नरमा हेडमार्फत सुन्दर गोल गर्दै २–१ को जित सुनिश्चित गरे ।

इजिप्टलाई हरायो रुसले


विश्वकप फुटबलमा आयोजक रुस समूह चरणको आफ्नो अर्को खेलमा विजयी हुँदै दोस्रो चरण नजिक पुगेको छ । इजिप्टमाथि उसले हासिल गरेको ३–१ को जितलाई सेन्ट पिटर्सबर्ग्स्थित रंगशाला र रुसभरि हर्षोल्लासले स्वागत गरिएको थियो।
यसअघिको आफ्नो पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५–० ले हराएको थियो ।

मोहम्मद सलाहको टोली इजिप्टले रुसी खेलाडीले टाउकोले हानेको बल रोक्ने प्रयासमा ४७ औँ मिनेटमा आत्मघाती गोल खाएको थियो । काँधमा चोट लागेका सलाह पहिलो पटक मंगलवारको खेलमा सहभागी थिए । उनले पेनाल्टीमार्फत एक गोल हाने पनि त्यो सान्त्वना गोल मात्रै बन्न पुग्यो ।
अब बुधवार हुने खेलमा साउदी अरेबियाले युरुग्वेलाई पराजित गर्न सकेन भने रुस दोस्रो चरणमा प्रवेश गर्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ ।

त्यसैगरी मंगलवार आफ्नो प्रतिद्वन्द्वी टोलीलाई हराउँदै सेनेगल यो विश्वकपको समूह चरणको पहिलो खेल जित्ने पहिलो अफ्रिकी देश बनेको थियो । अरू चार अफ्रिकी टोलीहरूले यो विश्वकपमा खेलेका आफ्ना पहिलो खेलमा पराजय बेहोरेका छन् । उसले पोल्याण्डमाथि २–१ को जित हासिल ग¥यो
अपेक्षा अनुसार पोल्याण्डले खेल्न नसेकेको भनेर टिप्पणी भएको उक्त खेलमा सेनेगलले गरेको दोस्रो गोल भने विवादास्पद बनेको थियो ।
पोल्याण्डविरुद्ध उक्त टोलीका खेलाडीहरूले शारीरिक र रणनीतिक रूपमा उत्कृष्ट खेल प्रदर्शन गरेको टिप्पणी भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *