मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरामा एक व्यक्ति पक्राउ
पोखरा, मंसिर १४ गते । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका – ९ जाल्पारोडमा खाजा घर संचालन गरी बस्ने ३४ वर्षीय केशव भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनले खाजा घरमा काममा लगाइदिन्छु भनि प्रलोभनमा पारी महिलालाई शुरूमा राम्रै बोली व्यवहार गर्नुका साथै खाजा बितरणको काममा लगाएकोमा पछि खाजा घरमा आउने व्यक्तिहरूसँग पैसा लिई डर धाकधम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने तथा अन्यत्र होटलहरूमा समेत जबरजस्ती पठाई यौन शोषण गराएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनि माथी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।