नेपालमा कोरोना संक्रमित निको हुनेहरुको संख्या बढ्दै
काठमाण्डौ, मंसिर ८ गते । नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्याहरुमा धेरै सुधार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशमा ९०.३४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय कोरोना संक्रमित छन्। अहिलेसम्म एक हजार ३ सय २१ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
विश्वमा भने लगभग ६ करोड मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयले उल्लेख गरेको तथ्यांकमा विश्वमा हालसम्म ५ करोड ८५ लाख ८ हजार २ सय ७१ जना व्यक्तिमा संक्रमण पुष्टि भएकोमा ४ करोड ४७ लाख ३ हजार ८ सय २१ जना निको भएका छन्। अर्थात विश्वमा कोरोना संक्रमणमुक्त हुनेको दर ६९.२ प्रतिशत छ।
यो हेर्दा नेपालमा संक्रमितको निको हुने दर विश्वभरको निको हुने दरभन्दा निकै राम्रो देखिएको छ। पछिल्लो समय नेपालमा परीक्षण दर भने घटेको छ। आइतबार जम्मा ८ हजार ३२ जनाको परीक्षण गरिएको छ। ताकि मन्त्रालयले दैनिक परीक्षण क्षमता २६ हजार रहेको दाबी गर्दै आएको छ।
आइबार ८ हजारको परीक्षण गर्दा एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।