ह्वाट्सएप प्रयोगकर्ताहरुका लागी खुसीको खबर

मुख्य समाचार विज्ञान तथा प्रविधि

कार्तिक, २७ गते । विश्वव्यापी रुपमा ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागी सपिङ् बटन रोल आउट भएको छ । यो एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताहरुका लागी उपलब्ध भएको छ । यसले प्रयोगकर्ताहरुलाई सिधैं व्यवसाय क्याटालोगममा लैजान्छ । यो नयाँ विकल्प भने स्क्रीनको माथिल्लो दाँया भागमा हुनेछ । पहिले प्रयोगकर्ताहरुले बिजनेस प्रोफाइलमा थिचेर त्यो व्यवसायको क्याटालोग छ की छैन भनेर हेर्नु पर्थ्यो ।

अब भने सजिलै प्रोडक्टहरु खोजेर कुराकानी सुरु गर्न सक्दछन् । यसले विक्री पनि बढाउन सक्छ । यसका लागी व्यवसायीहरुले ह्वाट्सटसएप बिजनेस एपमा क्याटालोग सेट गर्नुपर्ने हुन्छ । यो फिचर भारतमा पेमेन्ट सपोर्टको फिचर आएको केही दिन पछि आएको हो । यसले व्यवसायीहरुलाई अझै सहज बनाउने विश्वास गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *