गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुग्यो

समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, कार्तिक २१ गते । गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ  । जसमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरानाका कारण निधन भएको व्यक्तिहरुको पुष्टि भएको छ ।

बाग्लुङ जिल्ला, जैमनि नगरपालिका ९ का २९ वर्षिय कोरोना संक्रमित पुरुषको कार्तिक २० गते राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुःखद निधन भएको छ । उक्त पुरुषमा ८ गते कोरोना पुष्टि भएको थियो, साथै उनी निमोनियाबाट ग्रसित थिए ।

कास्की जिल्ला, पोखरा महानगरपालिकामा ३० दिन देखि कोरानाले ग्रसित बालकको उपचारको क्रममा हिजो निधन भएको छ । उक्त बालकमा निमोनिया एस्पिरेसनको समस्या रहेको थियो ।

साथै पोखरा महानगरपालिका १० का ५७ वर्षिय पुरुषको कार्तिक २० गते राती ११ः३० बजे उपचारको क्रममा निधन भएको छ । उक्त ५७ वर्षिय पुरुषमा निमोनिया, हाईपरटेन्सनको  समस्या रहेको थियो ।

पोखरा महानगरपालिका १७ का ७५ वर्षिय पुरुषमा आज बिहान ९ बजे जि.एम.सि मा उपचारको क्रममा दुःखद निधन भएको छ । उक्त व्यक्तिमा कार्तिक १४ गते कोरोनाको पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *