असल छिमेकी नेपालद्वारा ८५ घरधुरीलाई राहत वितरण

आर्थिक मुख्य समाचार स्थानिय समाचार

पोखरा, कार्तिक १९ गते । असल छिमेकी नेपालले म्याग्दीको धवलागिरी गाउँपालिकामा असार २५ गते गएको पहिरोको प्रभावमा परेका आर्थिक विपन्नता, कमजोर, वृद्ध र शारिरीक अपाङ्गता भएका ८५ घर धुरी परिवारहरुलाई राहत वितरण गरेको छ ।
पोखरेली ख्रीष्टिय समुदायको समाजिक अंग असल छिमेकीले प्रति परिवार २६८२ बराबरको खाद्यान्न सामाग्रीहरु गाउँपालिकाको समन्वय, स्थानिय वडा कार्यालयको प्रत्यक्ष रोहवरमा बर्तमान कोभिड १९ को सर्तकता सहित वितरण गरेको छ।
राहत प्याकेजमा चामल, दाल, मिक्स गेडागुडी, नून, तेल, लुगा धुने साबुन, नुहाउने साबुन, दन्त मन्जन, दाँत माझ्ने ब्रश लगायतका सामाग्रीहरू रहेका थिए ।


दशैं अगाडि नै वितरण गरी सक्ने योजना भएतापनि, वर्षाका कारण कच्ची बाटो अवरोध भएकोले १ महिना समय लम्बियो । र, फेरी अर्को १५ दिन जति कोरोनाका कारणले वितरण कार्यक्रम सरेको हो। चुनौतिपूर्ण कच्ची बाटो र हालको महामारीको आतंकित समय भएतापनि स्थानिय निकायको समन्वय, सहयोग र स्थानिय सुरक्षा निकाय साथै टिमको परिश्रमका कारण पहिरोले प्रभावित समुदायको दुखमा केही मात्रामा भएपनि सहभागी हुने अवसर मिलेको जानकारी टिमले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *