राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन गरियो

नेपाल मुख्य समाचार

काठमाडौं, कात्तिक ५ गते । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ।
अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गर्नुभयो ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट “शिखर” शैलीमा पुननिर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।
त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *