बन्दिपुरमा २१ परिवारलाई कोभिड–१९ राहत वितरण
तनहुँ, कार्तिक ४ गते । कोभिड–१९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा राखी बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले बन्दिपुर–६, तनहुँ साराङघाट तथा व्यास नगरपालिका–६ स्याम्घामा २१ परिवारलाई राहत वितरण गरेको छ ।
आर्थिक रुपमा एकदमै विपन्न परिवारलाई उनीहरुको दैनिक जीवनमा सहजता प्रदान गर्न समुदायले चामल, दाल, तेल, नुन लगायतका खाध्यन्न सामाग्री वितरण गरेको हो । उक्त राहत वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका आदरणिय विशप गोपाल क्षेत्री, डायोसिसेन फादर सशीधर चपाई । याजक ख्रीष्टपावल तामाङ, सोही जिल्लाबाट विभिन्न मण्डलीबाट याजकहरुको उपस्थिति रहेको थियो भने स्थानिय मण्डलीका अगुवा श्री निरज के.सीको अगुवाइमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्युघरफाँटबाट स्थानिय समाजसेवी श्री जंग बहादुर थापाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आदरणिय विशप गोपाल श्रेत्रीले लाभग्राहीहरुलाई सम्बोधन गर्दै नोबल कोरोना भाईरसको संक्रमणको यस्तो घडीमा हरेककले एक अर्कालाई परेको पिरमर्का बुझ्नुपर्दछ, एकअर्काको भार उठाउनुपर्दछ, र बिलिभर्स इस्टर्न चर्च नेपाल त्यसको भाग हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै आगामी दिनहरुमा पनि समाजसेवा र मानवसेवाको निम्ति बिलिभर्स इस्टर्न चर्च नेपाल सँधै तत्पर रहनेसमेत जानकारी दिनुभयो । सेवाबाट लाभाग्राहीहरुले खुसी प्रकट गरेका थिए ।