पोखरामा थप २४ जनामा संक्रमण पुष्टि
पोखरा । पोखरा विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागलुङमा पनि ३ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका नवलपरासीमा १५ जना , तनहुँमा १० जना, गोरखामा १ जना र लमजुङमा पनि १ जना संक्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८६ पुगेको छ ।