पोखरामा थप १७ जनालाई कोरोना पुष्टि
पोखरा, असोज २७ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरामा ३४ वर्षीय १ जना पुरुष, वडा नम्बर ५ का ५२ वर्षीय, वडा नम्बर ७ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ९ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २४ र २७ वर्षीय महिला हुन् । वडा नम्बर १० का समेत २ जना महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ४३ र ७० वर्षीय महिला हुन् । सो वडाकी ७० वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकी छिन् ।
त्यस्तै वडा नम्बर ११ का ३० वर्षीय, १३ का ४८ वर्षीय पुरुष, वडा नम्बर १५ का २ जना २७ वर्षीय महिला तथा ४० वर्षीय पुरुष, पोखरा १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, सो वडाका १७ र ५७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर २४ का ४६ वर्षीय पुरुष ,पोखरा २५ का २ जना ५३ वर्षीय पुरुष तथा ५५ वर्षीय महिला, पोखरा ३० का ३३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित आँबुखैरेनी ३ का १२ वर्षीय बालक तथा बन्दीपुर १ की ५७ वर्षीय महिला हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार २४ पुगेको छ ।