पोखरामा थप ५ जना संक्रमित
पोखरा, असोज २२ गते । पोखरा महानगरपालिकाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पो.म.न पा.वडा नं ४, ६, १७, १० पुरुष रहेका छन ।
यो संगै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरका १९, बागलुङका १२, कास्कीका पाँच र तनहुँका १ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ४७ पुगेको छ । तीमध्ये ३१ सय ४९ जना निको भएका छन् । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १÷१ जना छन् ।