प्रदेश ५ को राजधानी भालुवाङ रहने प्रस्ताव दुई तिहाई मतले पारित

नेपाल मुख्य समाचार

पोखरा, असोज २० गते । प्रदेश–५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ रहने घोषणा भएको छ । प्रदेश नं.५ प्रदेश सभाको आजको बैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो ।
सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस् भनी गत शुक्रबार प्रदेश सभामा प्रस्ताव गरेको थियो । प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ ।
सभामुख पूर्णबहादुर घर्तीले दुई तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकाको भालुवाङ क्षेत्र घोषणा गर्नुभयो । प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने पाँच सांसद अनुपस्थित हुनुभयो ।
प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो । त्यसको विरोधमा उधिएको प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *