कास्कीमा भोलीदेखि सार्वजनिक यातायात चल्ने

आर्थिक मुख्य समाचार स्थानिय समाचार

पोखरा, भदौं २७। कास्की जिल्लामा भदौं २७ गते राती १२ बजेपछि सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् आज राती १२ बजेदेखी सकिदैछ । सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ । सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क र बसमा ढोकामा नै सेनिटाइजरको व्यवस्था गरिनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने निर्णय बैठकले गरेको छ । सार्वजनिक यातायात विहान ६ बजेदेखी ८ बजे सम्म संचालन गर्न पाइनेछ ।
त्यस्तै गरी स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर निजि सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखी साँझ ८ बजे सम्म चलाउन पाइने कुरा पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *