च्याम्पियन्स लिगको फाइनलमा, पिएसजी र बायर्न भिड्दै
पोखरा, भदौ ४। गए राती भएको खेलमा लियोनलाई ३–० गोलले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन “पीएसजी”सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि ३–० को जित दर्ता गरेको थियो ।
पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेड स्टेडियममा बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई ३–० ले पराजित गरेको हो । बायर्नका लागि सर्जी नाब्रीले दुई गोल गरे भने रोवर्ट लेवान्डोस्कीले १ गोल थपेका हुन ।
बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । लियोनले खेलको सुरुवातमै गोलको अवसरहरु बनाए पनि गोल गर्न नसक्दा अग्रता लिने अवसर चुकायो । बायर्नले भने मौका गुमाएन ।
बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।