पोखराको विशाल बजारमा संक्रमित भेटिए, १२ बजेदेखि विशाल बजार बन्द

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, भदौ २ । पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशालबजारमा २ जना दम्पतीमा कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र पूर्णतयः शिल गरिएको छ । पोखरा महानगर स्वास्थ्य शाखाका अधिकृत हरिलाल आचार्यले विशालबजारमा पसल चलाएर बस्ने व्यक्तिमा संक्रमण भएको पुष्टी गरेका छन् । उक्त सूचना पाएलगत्तै बिशालबजारका सम्पूर्ण पसल १२ बजेबाट बन्द गरिएको छ । विशालबजारमा करिब २ सय ४० पसल रहेका छन् ।

यता, स्थानीय प्रशासनले आज राति १२ बजेदेखि कास्की क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । हिजो किनमेल तथा बैंकहरु लगायत अन्य स्थान भिडभाड भएतापनि आज पोखराका धेरै ठाउँहरु सुनसान देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *