पोखराका १ पुरुषमा कोरोना, गण्डकी प्रदेशमा ११ संक्रमित थपिए

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, साउन २२ । क्षयरोग उपचार केन्द्र, पोखरा,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीमा गरिएको परिक्षणमा गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न ३ प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार बिहान कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका १ संक्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष हुन् । आज थपिएकासहित गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ६६ पुगेको छ । संक्रमितमध्ये १३ सय ६२ जना निको भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *