थप १०० सङ्क्रमित, २०७ निको

मुख्य समाचार स्वास्थ्य

पोखरा, साउन ७। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा कोभिड–१९ का एक सयजना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ । यस्तै, २०७ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४२ पुगेको छ । नेपालमा निको हुने दर ७०.१ प्रतिशत पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत रहेको छ । धनुषाका ६० वर्षका पुरुष र चिनियाँ नागरिकको मृत्यु भएसँगै नेपालमा कोरोनाको कारणले मृत्यु हुनेका सङ्ख्या ४२ पुगेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *