अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाए कोरोना भ्याक्सिन डब्लुएचओले दियो बधाई

मुख्य समाचार विज्ञान तथा प्रविधि स्वास्थ्य

पोखरा, साउन ६ । डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोमा भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइ दिएको छ ।अझैपनि फैलिँदो संक्रमणबाट लड्नका लागि धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा.माइक रेयानले जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्नेक्रममा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।
एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि–सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन। अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ ।
कोरोनाविरुद्ध हाल विश्वभर २३ भ्याक्सिन बनाउने काम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *