बाढी र पहिरोबाट २८ जिल्लाका १ सय १३ जनाले ज्यान गुमाए

नेपाल मुख्य समाचार

पोखरा, साउन ५ । मनसुन सुरु भएदेखि यो वर्ष बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका छन।
विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार बेपत्ताको खोजी कार्य जारी राखिएको छ। उनका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ । नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *