कोरोना अपडेटः नेपालमा ७० जना नयाँ सङ्क्रमित थपिए, ४३१ निको र थप ३ को मृत्यु

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, असार २७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ अपडेट अनुसार नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा कोभिड–१९ का आठ हजार २३९ जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका कोभिड–१९ को आशंका गरिएकाको संख्या २४ हजार ८७ रहेको छ । पछिल्लो चौबिस घण्टामा ४३१ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।
त्यसैगरी, कोभिड–१९ सङ्क्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेको छ । मन्त्रालयले परीक्षण बढ्दै जानु, सङ्क्रमित कम फेला पर्नुले निको हुने दर बढेर ५०.५ प्रतिशत पुगेको जनाएको छ । त्यसैगरी पछिल्लो चौबिस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *