कोरोना अपडेटः थप ७४० सहित कुल सङ्क्रमित १५ हजार नाघ्यो, थप एकको मृत्यु, कुल ६,१४३ निको

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, असार १९। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएका छन । यो संगै कुल संक्रमित संख्या १५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा ९ हजार ८४ रहेका छन् ।
देशभर ६ हजार १४३ निको भएर घर फर्किसकेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट अत्यधिक जोखिममा रहेकालाई ध्यान दिने बताइएको छ । त्यसमा क्यान्सर र मधुमेहका बिरामी, आइसीयु र इमरजेन्सीमा आउने बिरामी, पकेट क्षेत्रका बासिन्दा र स्वास्थ्यकर्मीहरूको परीक्षण गरिने कुरा उहाँले बताउनुभयो । यस्तै, क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरूको रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि आयुर्वेदिक औषधीहरू वितरण गरिनेछ ।
त्यस्तै आज काठमाडौँका एक पुरुष्को कोरोनाको कारण मृत्युभएसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *