अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा महिला विश्व कप फुटबल २०२३ आयोजना गर्ने

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । सन् २०२३ मा हुने महिला फुटबल विश्व कप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो । यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन अङ्कलन पाएको थियो ।
अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अङ्क पाएको थियो भने जापानले ३ दशमलव ९ अङ्क पाएको थियो । कोलम्बियाले २ दशमलव ८ अङ्क पाएको थियो ।
यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ । प्रतियोगितामा ३२ वटा समुह भिडन्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *