यस्तो छ कोभिड १९ नियन्त्रणमा पोखरा महानगरपालिकाको प्रयास
पोखरा, असार १० । विश्व नै यतिबेला अकल्पनिय महामारी रोग कोरोना भाईरसको प्रकोपले आक्रान्त भएको बेला कोरोना संक्रमण नियन्त्रणका लागि संघीय सरकारले २०७६ चैत्र ११ गते देखि लकडाउन घोषणा गरे लगत्तै कोरोना भाईरसको प्रकोप नियन्त्रण गरी नागरिकहरुको जिवन रक्षा गर्ने प्रमुख दायीत्व स्थानीय सरकारको तथ्यलाई आत्मसात गरि पोखरा महानगरपालिकाले तत्कालै २०७६ चैत १० गते कारोना संक्रमण नियन्त्रणको प्रयास थालनी गरेको थियो । कोभिड १९ संक्रमणको प्रकोप बढ्न सक्ने सम्भावनलाई दृष्टिगत गरी क्वारेन्टाईनको व्यवस्थापन गर्न आवश्यक भएकाले निम्न स्थानमा क्वारेन्टाइन संचालन गरेको छ
१.लेकसिटि अस्पताल
२.कृषि तालिम केन्द्र, रेशम खेती आवास भवन,मालेपाटन
३.बाराही मा.वि.वडा नं. ५
४.जनप्रिय मा.वि.वडा नं.८
५.शिवशक्ति मा.वि. वडा नं.११
६.बलभद्र मा.वि.वडा नं.१४
७.इन्द्रराज्यलक्ष्मी मा.वि.लामाचौर वडा नं.१९
८.जनप्रकाश मा.वि.वडा नं.२९
९.त्रिभुवन शान्ति मा.वि.वडा नं.३०
१०.पद्म नर्सिड० होम, नदीपुर
उल्लेख भएका मध्ये पदम नर्सिङ होम नदीपुरलाई महिला क्वारेन्टाईनको रुपमा संचालन गरिएको छ । क्वारेन्टाईन स्थापना पश्चात ४६३ जना क्वारेन्टाईनमा बसेका बसेका थिए । यस अवधिमा ४६६ जनाको पि।सि।आर। परीक्षण गरिएकोमा १६ जनाको पोजेटिभ रिपोर्ट आई आइसोलेसनमा गएको, २६८ जना परीक्षण पछि घर फिर्ता गएको र १८७ जना क्वारेन्टाईनमा रहेको जानकारी प्राप्त भएको छ ।