पोखरामा ५ जनामा कोरोना संक्रमण ,गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए
पोखरा, असार ५। पोखरा महानगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण भेटिएको छ ।उनी सबै क्वारेन्टिमा रहेका व्यक्तिहरु हुन् । संक्रमण देखिनेमा पोखरा महानगरपालिका वडा नम्बर ९ का एक जना, वडा नम्बर १० का दुई जना, वडा नम्बर ३२ का दुई जना रहेको पोखरा महानगरपालिका स्वास्थ्यमहा शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।
उनीहरुलाई गण्डकी अस्पतालमा रहेको आसोलेसन वार्डमा लैजाने तयारी भएको छ । उनीहरु मध्ये तीन जना भारतबाट फर्किएका हुन् भने दुई जना महिला पहिला संक्रमित भएका परिवार भएको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । त्यसैगरी गण्डकी प्रदेशमा शुक्रबार बिहान थप २४ जनामा कोरोना पुष्टिभएसँगै यस प्रदेशमा संक्रमितको सख्या ३ सय ४८ पुगेको छ ।
नवलपुरमा २, कास्कीमा ६, स्याङजा २ र बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । बागलुङको गल्कोट नगरपालिकामा ६ पुरुष र दुई महिला, काठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । उनीहरु १९ देखी ४२ बर्ष उमेर समुहका रहेका छन् ।
त्यसै गरी कास्कीको पोखरा महानगरपालिकामा ३ जना पुरुष, दुई जना महिला र रुपा गाउँपालिकाको एक पुरुषमा कोरोना भाइरस कोभिड १९ देखिएको उनले बताए । उनीहरु १९ देखी ५६ बर्ष उमेर समुहका छन् । त्यसै गरी स्याङजाको कालिगण्डकी गाउँपालिकाका ३६ बर्षिय पुरुष र पालिका नखुलेका ६३ बर्षिय पुरुषमा कोरोना देखिएको उनको भनाई छ ।
त्यसै गरी नवलपुरको विनयत्रिबेणी गाउँपालिकामा दुई जना पुरुषमा कोरोना भेटिएको छ । उनीहरु २० र २८ वर्षका हुन् । यो सँगै नवलपुरमा कोरोना संक्रमित ९९ जना पुगेका छन् । उनीहरु सबैलाई नजिकको आइसोलेजनमा लैजाने तयारी भएको डा.शर्माले बनाए । गण्डकी प्रदेशमा अहिले सम्म ३२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।